आइतबार २४ मंसिर, २०८०

नेपाली समय

डिबी ठकुरीको  "हेडवाटर अफ स्क्रिनराइटिङ: द आर्ट अफ क्राफ्टिङ ओरिजिनल स्क्रिनप्लेज" अब अमेजनमा

डिबी ठकुरीको  "हेडवाटर अफ स्क्रिनराइटिङ: द आर्ट अफ क्राफ्टिङ ओरिजिनल स्क्रिनप्लेज" अब अमेजनमा

काठमाडौँ, १६ असोज । डिबी ठकुरीद्वारा लिखित  पुस्तक, "हेडवाटर अफ स्क्रिनराइटिङ: द आर्ट अफ क्राफ्टिङ ओरिजिनल स्क्रिनप्लेज" अब अमेजन डट कममा समेत पढ्न पाईने भएको छ। उक्त पुस्तक सबै तहका पटकथा लेखकहरूको लागि व्यावहारिक पुस्तक हुने दाबी गरिएको छ। 

नयाँ पटकथा लेखकहरू सैद्धान्तिक र व्यावहारिक प्रमाणीकरणसँग धेरै असन्तुष्ट छन्। त्यसैले यो पुस्तकको उद्देश्य ती सैद्धान्तिक समस्याहरूको व्यावहारिक समाधान खोज्नु हो। यस पुस्तकले अनन्त सिद्धान्तहरू र विषय खोज्ने सिद्धान्तको अन्वेषण गर्दछ जस्तै; केन्द्रीय नाटकीय समस्या सिर्जना, द्वन्द्व निर्माण, चरित्र विकास, कथानक बुनाई, मौलिक कथा संरचना, इत्यादि। यस पुस्तकले एक आकर्षक पटकथा सिर्जना गर्न रचनात्मक भूमिका प्रदान गर्ने दावी गरिएको छ।

लेखक ठकुरी भन्छन्, "पटकथा लेखनमा कुनै पनि यान्त्रिक नियम वा सूत्र हुँदैन किनभने ज्ञान र कलाको दायरा अनन्त हुन्छ। कलाको सबैभन्दा कान्छो माध्यम सिनेमामा राम्रो सिनेमा सिर्जना गर्न पटकथा लेखनको केही क्षेत्रहरूलाई स्पष्ट पार्न सधैँ अर्थपूर्ण हुन्छ ।"

ठकुरीको पुस्तकले पाठकलाई आफैँलाई समेत बुझ्न मद्दत गर्ने र एक सफल पटकथा लेखक भएर कथा कथनको यात्रामा अगाडि बढ्न प्रेरणा मिल्ने उनको भनाई छ।

"हरेक दिन एक पाना लेख्ने", "देखाउनुहोस्, नभन्नुहोस्" आदि। यसमा केही सत्यता छ तर पूर्ण वास्तविकता तथा व्यावहारिकता छैन र तिनीहरू पटकथा लेख्दा सहयोगी छैनन्। तिनीहरूले "हाउ टु सूत्र" लाई लोकप्रिय बनाउने प्रयास गरे तर तिनीहरू दुवै सैद्धान्तिक र व्यावहारिक छैनन् किनभने तिनीहरूमा अपूर्ण व्याख्या रहेको उनको भनाई छ ।

"यस पुस्तकमा मेरो मुख्य उद्देश्य भनेको मेरा केही विचारहरू र शाश्वत सिद्धान्तहरू सम्प्रेषण गर्नु हो जसले साँच्चै आकर्षक र मौलिक पटकथा सिर्जना गर्न सहयोग गर्छ," ठकुरीले भने। 

यो पुस्तक पढिसकेपछि युवराज भट्टाराई लेख्छन्, " "बधाई छ, यो अमूल्य पुस्तक प्रकाशन भएकोमा ! यसले पटकथा लेखन कलामा व्यापक अन्तरदृष्टि प्रदान गर्ने विश्वास गरेको छु । यो पुस्तकले विश्वभरका आकाङ्क्षी पटकथा लेखकहरू र अनुभवी पेशेवरहरूको लागि अपरिहार्य स्रोत साबित हुने मेरो विश्वास छ । तपाईँको अटल समर्पणले साँच्चै सीमानाहरू पार गरेका छन् र विश्वव्यापी दर्शकहरूमा पुगेको छ। तपाईंलाई शुभकामना, प्रिय !! डीबी ठकुरी।" 

उक्त पुस्तक अमेजन डट कममा हार्डकभर, पेपर ब्यक, इ-बुक संस्करणहरुमा उपलब्ध रहेको छ। यो पुस्तक चाडैं नेपाली भर्सनमा समेत उपलब्ध गराउने लेखक ठकुरीको भनाई रहेको छ।  उनले पुन: अर्को पुस्तक "रिफ्लेक्सन अफ हिस्ट्री इन ब्लड डाइमण्ड" प्रकाशन गर्ने बताएका छन्।