सोमबार २५ मंसिर, २०८०

नेपाली समय

रामग्राममा बिधुतको पोलमा बत्ती निभाउँदा जाँदा करेन्ट लागेर एक जनाको मृत्यु

रामग्राममा बिधुतको पोलमा बत्ती निभाउँदा जाँदा करेन्ट लागेर एक जनाको मृत्यु

परासी, १२ असोज । पश्चिम नवलपरासीको रामग्राम  विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामग्राम  नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु हो । 

विद्युतको करेन्ट लागेर मृत्यु हुनेमा रामग्राम ७ उजैनी बस्ने वर्ष ३५का जय प्रकाश यादवले आफ्नै घर अगाडि रहेको  बिजुलीको पोलमा बत्ती निभाउन जाँदा करेन्ट लागेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी रेशमवोहराले जानकारी दिए । करेन्ट लगेर घाइते भएका यादवलाई पृथ्वीचन्द्र अस्पतालमा ल्याएकोमा डाक्टरले मृत घोषण गरेको बोहाराले बताए ।

स्थानीयका अनुसार उक्त विद्युत खम्बामा  स्मार्ट लिङ्क वाईफाईको तार लत्रिएर  हाई टेन्सनको तारमा छोईन गएर उक्त घटना भएको छ ।

पोलमा लुत्रिएको अवस्थामा रहेको स्मार्ट लिङ्क वाईफाईको  हईटेन्सन उक्त तारमा छोइएकाले पोलको बत्ती निभाउने क्रममा छुइन पुग्दा यादवको मृत्यु भएको स्थानीयले बताएका छन । मृत्यु भएका यादव सिद्धार्थ बैंक परासी शाखा गार्डको काम गर्दै आएका थिए ।