काठमाडौं, १ असोज । नेपाल छाला जुत्ता उत्पादक सङ्घको १३ औँ वार्षिक साधारण सभा आइतबार होटल एल्लोपगोडामा सम्पन्न भएको छ ।
नेपाल छाला जुत्ता उत्पादक सङ्घको अध्यक्ष हरीराम बोगटीको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेश पर्यटन संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनको रहेको थियो ।
सभालाई सम्बोधन गर्दै मन्त्री महर्जनले पुर्ख्यौली छाला उद्योग व्यवसायलाई राज्यले विशेष रूपमा हेर्नु पर्ने बताएका छन् । नेपाल छाला जुत्ता संघले आफ्नो उद्योग व्यवसायलाई संरक्षण गरी व्यवसायमा विस्तार गर्न राज्यालाई दबाब दिइरहनु पर्ने मन्त्री महर्जनले बताए ।
त्यसैगरी नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरीराम बोगटीले नेपाली छाला जुत्ता बलियोर आकर्षक डिजाइन भएको बताए । पुर्ख्यौली छाला जुत्ताको व्यवसायी उत्पादन गर्न तालिम र बजारीकरणमा राज्यले जोड दिनु पर्ने संघका अध्यक्ष हरीराम बोगटीले सुनाए ।
सभामा संघका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो । साधारणसभाको विशेष अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहको रहेको थियो । सभामा घरेलु तथा साना उद्योग विभागका प्रमुख मेघनाथ रिजाल, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दरपुकुटी, नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य सन्तोषपाण्डे, नेपाल छाला जुत्ता उत्पादक शङ्का पूर्व अध्यक्ष एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य रामहरी तलाङ्गे लगायतको उपस्थिति रहेको थियो ।