बिहीबार १८ असोज, २०८०

नेपाली समय

प्रगतिशील सहकारी संस्था २० लाख २३ हजार तीन सय रुपैयाँ शुद्ध नाफा गर्न सफल

प्रगतिशील सहकारी संस्था २० लाख २३ हजार तीन सय रुपैयाँ शुद्ध नाफा गर्न सफल

परासी, ३० भदौ । श्री प्रगतिशील  बचत तथा ऋण सहकारी संस्था लि.को १७ ओैँ वार्षिक साधारण सभा तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा ९ स्थित स्वाठीमा रहेको श्री प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा तथा तिजको अवसरमा तिज मिलन कार्यक्रम सुनवलमा आज सम्पन्न  भएको हो ।

संस्थाकी अध्यक्ष तुलसी कुमारी कुँवरको  अध्यक्षतामा तथा सुनवल नगरपालिकाको नगर–उपप्रमुख सूर्य दुबेको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा सो अवसरमा नगर उपप्रमुख दुबेले सहकारीले सदस्यहरूलाई उत्पादनमा जोडेर आत्मा निर्भर बनाउन आजको आवश्यकता रहेको बताए । शेयर सदस्यहरूलाई कृषि क्षेत्र र उत्पादनमा जोड दिनुपर्ने बताए  ।

नगर–उपप्रमुख दुबेले सहकारी ऐन अनुसार सहकारीमा लगानी बढाई त्यही अनुसार शेयर सदस्यहरूलाई नाफा दिनुपर्ने जोड दिएका थिए । सुनवलमा नै शित भण्डार रहेकोले अप सिर्जनमा मालबस्तु राख्न सकिने भएकोले शेयर सदस्यहरूलाई कृषिमा जोडिने खालको कार्यक्रम सञ्चालन गरी कृषि आत्मा निर्भर बनाउन जरुरी रहेको बताए ।

वार्षिक साधारण सभामा सचिव प्रतिवेदन भवानीशंकर ज्ञवाली, लेखा समिति प्रतिवेदन सत्य प्रकाश चौधरी,कोषाध्यक्ष शिबु न्यौपाने प्रतिवेदन र अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वि.स २०६३ सालमा स्थापना भएको उक्त सहकारीमा पुरुष ४४१ जना र महिला ५१० जना गरी ९ सय १५जना शेयर सदस्यहरू रहेको भने  बाल बचतकर्ता २१६ जना बालक १२३ जना बालिका ९३ जना र ऐच्छिक बचत कर्ता १२० जना रहेको सहकारी संस्थाका उपाध्यक्ष मुक्तिराम पराजुलीले जानकारी दिईन ।

संस्थाले वार्षिक साढे ८  करोडको कारोबार गर्दै २० लाख २३  हजार तीन सय  २७ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको संस्थाका सल्लाहकार बलराम सापकोटाले जानकारी दिए । सहकारीले २०८० असारसम्म ८ करोड ९२  लाख २६ हजार ८ सय ८९ रुपैयाँ कुल पुँजी भएको संस्थाको कोषाध्यक्ष शिवु न्यौपानेले बताए ।

जसमा शेयर पुँजी ९१ लाख ७०हजार ९ सय  रहेकोमा  संस्थाले ऋण लगानी असार मसान्तसम्म ६ करोड ९५ लाख  ८८ हजार ऋण प्रवाह गरिएको संस्थाकी व्यवस्थापक बिन्दु पौडेले जानकारी दिईन् ।

संस्थाकी अध्यक्ष तुलसी कुमारी कुँवरको  अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिकाको वडा नं. ९ का वडाध्यक्ष बिरबल चौधरी जिल्ला सहकारी सङ्घका जिल्ला सचिव चण्डीप्रसाद पाण्डे संस्थाका पूर्व अध्यक्ष रामचन्द्र भण्डारी,लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।