सोमबार २५ मंसिर, २०८०

नेपाली समय

चाँगुनारायणको युवा साकोसले लम्की स्किन पीडित किसानलाई राहत दिने

चाँगुनारायणको युवा साकोसले लम्की स्किन पीडित किसानलाई राहत दिने

भक्तपुर, २७ भदौ । भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी मध्य एक युवा बचत तथा ऋण सहकारीले लम्की स्किन रोगबाट पीडित किसानलाई राहत दिने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ मा यसको मुख्य कार्यालय रहेको छ । संस्थाको कार्यक्षेत्र सोही नगरका विभिन्न वडा रहेका छन् ।

युवा साकोसले लम्की स्किन रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने संस्थाका सचिव जयराम बास्तोलाले जानकारी दिएका छन् ।

बास्तोलाले भने “यदि हाम्रो सदस्यको घरमा पालेका गाई भैँसीको सो रोगबाट मृत्यु भएमा ३ हजारप्रति पशुको हिसाबले राहात दिन्छौँ ।”

एक वर्ष उमेर भन्दा कमका बाच्छा/बाच्छी वा पाडा/पाडीको मृत्यु भएमा सहकारीले २ हजार दिने निर्णय गरेको बास्तोलाले बताए । संस्थाका सदस्यले यदि पशु चौपाया खरिद गर्न चाहेमा ५० हजार रुपैयाँ नगद ऋण सुविधा एक वर्षसम्म विना ब्याज दिने सहकारीले जनाएको छ । त्यसको साबाको किस्ता भने तीन महिनापछिबाट फिर्ता गर्नु पर्ने संस्था नियम बनाएको सहकारीको भनाई छ ।

बास्तोलाका अनुसार सदस्यहरूले राहत लिन र निर्ब्याजी रकम लिन चाहनेले संस्थाको नियममा रहेर लिन सक्नेछन् ।