बिहीबार १८ असोज, २०८०

नेपाली समय

न्युज लेखेको भन्दै प्रहार डेलि डटकमका सञ्चालक राहुल गुप्तामाथि ज्यान मार्ने धम्की

न्युज लेखेको भन्दै प्रहार डेलि डटकमका सञ्चालक राहुल गुप्तामाथि ज्यान मार्ने धम्की

वीगंज, २६ भदौ । न्युज लेखेको भन्दै परवानीपुर गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्तालाई  मार्ने धम्की तथा नानाथरीका गाली गलौज गरेका छन्।

प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्ताले २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार लेखेका थिए।

वडा अध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचारको निहुँमा उनका छोरा जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको न्युज किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जरमा नानाथरीका गाली गलौज र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरी नानाथरीका गाली गलौज गर्दै धाकधम्की दिएको प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्ताले बताएका छन्  । 

वडा अध्यक्षका छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले नानाथरिका गाली गलौज र मोबाइल बाट फोन गरी नानाथरिका गालीगलौज, धाकधम्की दिएको सम्पूर्ण प्रमाण आफू सँग सुरक्षित रहेको पत्रकार गुप्ताले बताए।